‘भाञ्जी’ को भड्खारोमा यसरी जाकिए सेनाका जरसाब

साइनो एउटा, सम्बन्ध अर्कै !


३ माघ २०७४, बुधबार
rathi

काठमाण्डौं : समाजमा सम्बन्ध लुकाउनका लागि धेरै पुरुषले महिलासँग लगाउने गरेको साइनो हो–भाञ्जी । भाञ्जी साइनो भएपछि समाजमा सुरक्षित महसुस गर्ने हामीमध्ये धेरै छौं ।dipika

तर, उक सेनाका सहायक रथीका लागि आफैले लगाएको ‘भाञ्जी’ साइनो भारी बनेको छ । भाञ्जीले खनेको भड्खारोमा नमज्जाले फसेपछि अहिले सेनाका सहायक रथी डा. रमेश विष्टलाई ‘रिङ्गटा’ छुटेको छ । सेनाका सहायक रथीलाई भड्खारोमा हाल्ने विषय हो–कृषि विकास बैंक न्यूरोड शाखाबाट भएको रकम हिनामिना ।

यरी खनिन् भाञ्जीले भड्खारो

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । प्रहरीले उनीमाथि अनुसन्धान ग¥यो । अनुसन्धानबाट घटनाको मुख्य योजनाकार उनी नै रहेको पत्तो लाग्यो । प्रहरीले अनुसन्धानसँगै हिनामिना भएको रकम पनि खोज्न थाल्यो । प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा करीब ३३ लाख रुपैयाँ सेनाका सहायक रथी डा. रमेश विष्टको बैंक खातामा भेटियो । अब प्रहरीको अनुसन्धान अब सहायक रथी डा. विष्टप्रति सोझियो । अब प्रहरीको अनुसन्धानमा रेग्मी–विष्ट दुबै तानिए ।

साइनो एउटा, सम्बन्ध अर्कै

अनियमितताको योजनाकार मानिएकी दीपिका रेग्मीले सहायक रथी डा. विष्टलाई ‘मामा’ साइनोबाट बोलाउँथिन्् । डा. विष्ट पनि रेग्मीलाई भाञ्जी नै भनि टोपल्थे । ‘तर, उनीहरूबीचको यो साइनो बाहिर देखाउनका लागि मात्रै रहेछ’–अनुसन्धानमा खटेका प्रहरी भन्छन्–‘खासमा उनीहरू प्रेमी–प्रेमिका रहेछन् । आ–आफ्नो परिवारमा उनीहरुको सम्बन्ध लुकाउनका लागि मात्र मामा–भाञ्जीको साइनोले बोल्ने गरे पनि सम्बन्ध अर्कै रहेको अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेकोमध्ये करीब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा हालिदिएको पाइएको अनुसन्धानबाट खुलेको छ । सेनाको हिरासतमा रहेका डा. विष्ट र प्रहरी हिरासतमा रहेकी रेग्मी दुवै विवाहित हुन् ।

उनीहरूको यो सम्बन्ध निजी मामिला भएका कारण यसमा आफूहरुको केहि भन्नु नरहेको सैनिक स्रोतले बताएको छ । डा. विष्टको अपराधको पाटो मात्र हेरिरहेको सेनाले बताएको छ ।
‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी डा. विष्टको संलग्नता हुन सक्ने आधार फेला परेको छ, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि अनुसन्धान थालिएको थालिएको छ’–सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने ।

बैंकको लकरले लत्रिइन् रेग्मी

प्रहरीसँगको बयानमा दीपिका रेग्मीले हिनामिना गरिएको रकमको स्रोत खोल्न मानिनन्् । प्रहरीले अनुसन्धान गरिरह्यो । यही क्रममा कृषि विकास बैंक न्युरोड शाखास्थित कार्यरत बैंकमा उनको निजी लकर रहेको खुल्यो । प्रहरीले लकर सम्बन्धमा रेग्मीलाई सोध्यो । तर, रेग्मी आफ्नो कुनै लकर नभएको भन्दै जिकिर गरिरहिन्् । प्रहरीले अनुसन्धानका लागि बैंकको सहयोग लियो । अन्ततः रेग्मी लत्रिइन् । लुकाएर राखेको लकरको साँचो प्रहरीलाई दिइन् । प्रहरी कार्यालय पुग्यो । लकर पहिचान ग¥यो । साक्षी राखेर लकर खोल्यो ।
लकरमा गहनाका चाङ भेटिए । लकरभित्र तिलहरी, जन्तर, सिरबन्दी, चुरा, औंठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुङ्गी्रीलगायतका गहना थिए । यति धेरै गहना भेटिंदा प्रहरी चकित प¥यो । गहना जोखियो । पत्ता लाग्यो, दुई केजी सुनका गहना राखिएका रहेछन् । प्रहरीले रेग्मीलाई फेरि सोध्योे । उनले बैंकबाट हिनामिना गरेको रकममध्ये करीब एक करोड रुपैयाँबाट गहना खरिद गरी लकरमा लुकाएकी रहिछिन् ।

रेग्मीको घानमा घतानी

रेग्मीले हिनामिना गरेको रकम तेह«थुम सिम्ले–५ का ४२ वर्षीय प्रकाश घतानीको बैंक खातामा पनि हाल्ने गरेको खुलेको छ । प्रहरीले घतानी र रेग्मीको कनेक्सन खोज्यो । खुल्यो, रेग्मीले घतानीको सुन पसलबाट सुनका गहना खरिद गर्दिरहिछिन् । सोहीबापतको रकम भुक्तानी उनले बैंक खातामार्फत गर्दिरहिछिन् । तर, प्रहरीले त्यसरी खरिद गरेको सुनको सुइँको पाउन सकेको थिएन । जब उनको लकरमा सुनका गहना भेटिए । बल्ल घतानीको पसलमा खरिद भएका सुन पत्ता लाग्यो । प्रहरीले घतानीलाई रेग्मीसँगै पक्राउ गरिसकेको छ । घतानीको न्युरोडमा सुन पसल छ । सोही पसलबाट रेग्मी सुनको गहना किन्थिन् ।

नाबालाक छोराको नाममा ‘टन्नै’ पैसा !

दीपिका रेग्मीले बैंकको ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेकी थिइन् । उक्त रकम खोज्नु प्रहरीलाई पनि ठूलै पापड बेल्नु प¥यो । पहिल्याउँदै जाने क्रममा हिनामिनाको रकम रेग्मीले आमाको बैंक खातामा पनि राखेको भेटियो । केही रकम भने उनले आफ्नो छोराको नाममा रहेको बैंक खातामा समेत राख्न भ्याएकी रहेछिन् । उनका आमा र छोरासँग परामर्श नै नगरी बैंक खातामा रकम राखेको पाइएपछि उनीहरुलाई नपक्रिएको प्रहरीको भनाई छ ।

यस्तो छ हिनामिनाको पहेली

कृषि विकास बैंक न्युरोड शाखामा रकम जम्मा गरेपछि सेवाग्राही ढुक्क भएर घर फर्कन्थे । किनकी बैंकले रकम जम्मा गरेको रसिद पनि सँगै दिन्थ्यो । तर, जब खातामा रहेको रकम इन्क्वायरी गर्थे जम्मा गरेको रकम खातामा हुन्नथ्यो । रिपोर्ट गर्न तुरुन्तै बैंक कार्यालयमा पुग्थे । यसरी उजुरी गर्नेको संख्या बढ्दै गएपछि अनुसन्धानको विकल्प थिएन । बैंकले गोप्य रूपमा सिआइबीको सहयोगले अनुसन्धान थाल्यो ।

अनुसन्धानपछि भेटियोे, बदमासी बैंककै कर्मचारीबाट भइरहेको छ । बदमासी बैंकका सहायक टेलर दीपिका रेग्मी बस्ने कम्प्युटरबाट भइरहेको पत्तो लाग्यो । शंकाको घेरामा रेग्मी परेपछि सिआइबीले पक्राउ ग¥यो । त्यसपछि खुल्यो, रकम हिनामिनाको पहेली । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेक लिन्थे । उक्त चेक सम्बन्धित बैंक खातामा नै जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रसिद पनि दिन्थे । जब उनीहरू रसिद लिएर जान्थे, त्यसपछि जम्मा गरिएको रकम उक्त खाताबाट इडिट गर्थे । अनि उक्त रकम आफ्नो र आफूले चाहेको व्यक्तिको बैंक खातामा हालिदिन्थे । यो सबै काम दीपिका रेग्मीले गर्थिन् । घटनामा संलग्न भएको अभियोगमा दीपिका र घतानीसहित काठमाण्डौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुङ्गेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरी–५ का ३९ वर्षीय महेश्वर मरहट्टालाई समेत प्रहरीले पक्राउ गरेको छ । यसअघि प्रहरीले काठमाण्डौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७