२१ दलले पाए आयोगबाट निर्वाचन चिह्न


५ माघ २०७४, शुक्रबार
nirbachan aayog 1

काठमाण्डौं, ५ माघ : राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका २१ दल दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह् प्रदान गरेको छ ।
आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली कांग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (गोलाकारभित्र हँसिया हथौडा), संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई (छाता) निर्वाचन चिन्ह् प्रदान गरेको छ ।nirbachan aayog 1

नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टी (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टी (जग), नेपाल परिवार दल (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास), नेपाल नौलो जनवादी पार्टी (चुच्चोले चिट्ठी बोकेको परेवा) चिन्ह दिइएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो) विवेकशील साझा (तराजु), नयाँ शक्ति पार्टी नेपाल (देब्रे आँखा), नेपाल दलित पार्टी (इनार) राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई), बहुजन समाज पार्टी नेपाल (जिराफ), गान्धीवादी पार्टी नेपाल (भेडा), नेपाली जनता दल (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार (षटकोण) चुनाव चिन्ह्बाट प्रतिष्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा जनाइएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनमा २०५६ जना मतदाताले भाग लिंदैछन् । राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठ जना संख्यामा सदस्यको छनोट हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा तीन जना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा संघीय संसदको माथिल्लो सदन हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७