नेपाल-भारत रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन : भारतीय रक्षामन्त्री


१ असार २०७७, सोमबार
rajnath 3052020024725 1000x0 1

काठमाडौं, १ असार । नेपाली भूमि मिचेर लिपुलेकमा निर्माण गरिएको चीन जोड्ने मानसरोवर सडक उद्घाटन गरेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको रोटी–बेटीको सम्बन्ध कसैले तोड्न नसक्ने बताएका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने स्पष्ट पारेका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले उनले भने, ‘लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिने छ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताएका छन् ।

उनले थपे, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भारतीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र संवादमार्फत नै गर्नेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७