विश्वमा एकै दिन थपिए एक लाख ७५ हजार कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु


१२ असार २०७७, शुक्रबार
korona 6

काठमाडौं, १२ असार । कोरोना महामारी नियन्त्रणका लागि अनेक प्रयास जारी रहे पनि विश्वभर कोरोना संक्रमित बढ्नुको सट्टा झन बढिरहेका छन् ।

पछिल्लो २४ घण्टामै विश्वभर एक लाख ७५ हजार ६३२ जना नयाँ कोरोना संक्रमिता थपिएका छन् । आज (शुक्रबार) विहानसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या ९६ लाख ९५ हजार ३७० पुगेको वल्र्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ९७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ८९ हजार ५६ पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार १८० जनाले ज्यान गुमाएका छन् ।
यस्तै गएको २४ घण्टामा मेक्सिकोमा ९४७, अमेरिकामा ५९५, भारतमा ४०१, बेलायतमा १४९, पेरुमा १७५, चिलीमा १७२, इरानमा १३४, पाकिस्तानमा १४८, कोलम्बियामा १६३, इराकमा १०७ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म बसैभन्दा धेरै अमेरिकामा एक लाख २६ हजार सात सय २६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै ब्राजिलमा ५५ हजार भन्दा धेरै, बेलायतमा ४३ हजार भन्दा धेरै, इटालीमा साढे ३४ हजार भन्दा धेरै, फ्रान्समा साढे २९ हजार भन्दा धेरै, स्पेनमा २८ हजार भन्दा धेरै, मेक्सिकोमा २४ हजार भन्दा धेरै, भारतमा १५ हजार भन्दा धेरै, इरानमा १० हजार भन्दा धेरैको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७