न्यूनतम मापदण्डकाे समेत पालना नभएको भन्दै स्वास्थ्य मन्त्रालयको विशेष अपिल {भिडियो}
काठमाडौं, १५ असार । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित अधिकांश शहरमा कोरोनाको उच्च जोखिम बढदै गएको बताएको छ ।
मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले शहरहरु लकडाउन खुले जस्तै देखिएको बताउँदै ‘एसएमएस’ अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजर पालना अपिल गरेका हुन् । उनले सोमबारको प्रेस ब्रिफिङ तीन पल्टसम्म अपिल गरेका थिए ।
न्यूनतम मापदण्डकाे समेत पालना नभएको भन्दै स्वास्थ्य मन्त्रालयको विशेष अपिल
— Nayapage नयाँ पेज (@nayapages) June 29, 2020
see more : https://t.co/caTW70x8rvhttps://t.co/5DyG5E8WV2 pic.twitter.com/2vTGi2rvAw
उनले भने,‘ हाल काठमाडौं उपत्यकासहित घना बस्ती भएको शहरहरुमा कोरोनाको संक्रमण बृद्धि भएको छ । शहरमा लकडाउन खुले जस्तै देखिन्छ । सडकमा भीड देखिन्न थालेको छ । बजारमा अनावश्यक जमघट भएको देखिन थालेको । कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । तर मानिसहरुमा कोरोनाको डर हराउँदै गएको देखिन्छ । न्यूनतम मापदण्ड पनि पालना गरिएको देखिन्दैन् । हामीले एसएमसको प्रयोग गरिएको देखिन्दैन् ।’
प्रवक्ता गौत्तमले दुई मिटरको भोतिक दुरी कायम गर्ने, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, साबुन पानीले हात धुन, मास्क लगाउने, हातको सरसफाई र व्यक्तिगत सरसफाई गर्न, बृद्धबृद्धाको विशेष ख्याल गर्न अुनरोध गरेको छ ।
सरोमबार ललितपुुरमा थप एक जनाको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा जागेश्वर गौतमले बताए । यो सँगै ललितपुरमा मात्रै तीन जनाको मृत्युभसकेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १३४ जना निको भएका छन् ।
https://youtu.be/bdib7EWKVt0
सरकारले यथास्थितिकै मोडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने सोमबार निर्णय गरेको छ ।
.gif)

.png)

