इण्डियन ओपनमा नेपाललाई पहिलो पदक


१५ माघ २०७४, सोमबार
padak

नयाँ दिल्लीमा जारी इण्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ । प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले काँस्य पदक जितेकी छन् ।padak

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा आइतबार राति वेन्टम ५४ किलो समूहकी विमलाले क्वार्टर फाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै काँस्य पदक हात पारेकी हुन् । त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदै काँस्य पक्का गरेकी हुन् । विमलाको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । विमलाले दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएकी हुन् ।

नेपाललाई पहिलो पदक दिलाएपछि विमलाले स्वर्ण र रजत जित्ने लक्ष्य लिएको बताइन् । अब विमलाले सेमिफाइनलमा मंगलबार भारतीय खेलाडी मनिषासँग खेल्नेछिन् । विमला नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट फाइटर बनेकी थिइन् ।

नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेपछि यो पहिलो अन्तर्राष्ट्रिय पदक जितेको हो । प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत नै पुरुषतर्फ नेपालका विष्णुप्रसाद घलेले क्वार्टर फाइनलमा स्थान बनाएका छन् । वेल्टर ६९ किलो समूहका बिष्णुले अफगानिस्तानका वासुद्दिन घाव्सीलाई अंकको आधारमा पराजित गरे । आर्मी क्लबकै विष्णुले वासुद्दिन घाव्सीलाई ३–२ ले हराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७