क्रिकेटर सन्दिपको सफलतामा गृह जिल्लामा दीपावली


१५ माघ २०७४, सोमबार
sandeep delhi

मकवानपुर, १५ माघ : इण्डियन प्रिमियर लिग (आइपिएल) का लागि पहिलोपल्ट नेपाली क्रिकेटर सन्दिप लामिछाने छानिएपछि उनको सफलताले हर्षित गृह जिल्ला चितवनमा दीपावली गरिएको छ ।sandeeep gautam gambir ricky

नारायणगढको क्याम्पाचौरमा रहेको क्रिकेट एकेडेमी तथा क्रिकेटप्रेमीहरुले बीरेन्द्र बहुमुखी क्याम्पस, चौबीसकोठीलगायतका स्थानमा आइतबार साँझ दीप प्रज्वलन गरेका छन् । दिल्ली डेयर डेभिल्सले सन्दिपलाई २० लाख भारतीय रुपैंयामा किनेपछि खेलकुद र अन्य क्षेत्रका सरोकारवालाले खुशी व्यक्त गरिरहेका छन् । भारतमै हुँदा नै क्रिकेट खेल्न शुरु गरेका उनी नेपाल फर्केपछि ३ बर्षअघि क्रिकेट प्रशिक्षण केन्द्र खोज्दै चितवन जिल्ला क्रिकेट संघ पुगेका थिए ।

संघद्वारा सञ्चालित एकेडेमीका प्रशिक्षक राजु खड्कासँग सन्दिपको पहिलो दिनको सम्झना अझै ताजै छ । ‘उसले बलिङ्ग गरेको अत्यन्त मन प¥यो, उसमा प्रतिभा लुकेको थियो’–खड्का भन्छन्–‘उसको पहिला–पहिला स्लो स्पिङ्ग थियो, छिटो गर्नुपर्छ भनेर मैले आफैले खेलेरै प्रोत्साहन गरेको थिएँ ।’

सन्दिपको मेहनत देखेरै आफूले क्रिकेटका तत्कालिन राष्ट्रिय प्रशिक्षक पुबुदु दासानायकेलाई बोलाएर उनको प्रतिभा देखाएको प्रशिक्षक खड्काले बताए । नारायणगढस्थित क्याम्पाचौरमा आयोजित ट्यालेन्ट हण्टमा १४ वर्षीय सन्दिपले देखाएको प्रतिभाबाट खुशी हुँदै पुबुदुले काठमाण्डौं र राष्ट्रिय टोलीको यात्रा गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७