विमल घर्तीमगर मोहन बगानमा अनुबन्धित, व्यावसायिक खेल यात्रा शुरु


१६ माघ २०७४, मंगलवार
Bimal Gharti Magar

काठमाण्डौं, १६ माघ : नेपाली फुटवलका चर्चित स्टाइकर विमल घर्तीमगर भारतको शीर्ष डिभिजन आई–लिग टोली मोहन बगानमा अनुबन्ध भएका छन् । योसँगै उनको व्यावसायिक फुटवल यात्रा पनि शुरु भएको छ ।Bimal Gharti Magar

राष्ट्रिय टोलीमा डेब्यू गरेको झण्डै साढे ५ वर्षपछि फरवार्ड विमल घर्तीमगरले पहिलोपल्ट व्यावसायिक फुटवल यात्राका लागि मोहन बगानसँग सम्झौता गरेका हुन् । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा १४ वर्ष छँदै पहिलो रोजाइबाट डेब्यू गरेका विमललाई नेपाली फुटबलसँग नजिकको सम्बन्ध गाँसेको कोलकाता शहरकै पूरानो क्लब मोहन बगानले व्यावसायिक फुटबलमा निम्त्याएको हो ।bimal garthi magar

युरोपका विभिन्न टोलीमा प्रशिक्षण र नेपालका शीर्ष टोलीबाट मोफसल फुटबलको अनुभव बटुलेका २० वर्षीय विमलले अब आई लिगमा खेल्ने छन् । मोहन बगानले विमललाई यस सिजनको अन्त्यसम्म अनुबन्धन गरेको जनाएको छ । केही दिनअघि नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ पनि आई लिगकै मिनरेभा पन्जाब एफसीमा अनुबन्धित भएका थिए । किरण पनि सिजनको अन्त्यसम्म त्यहाँ रहने छन् । अनुबन्धित भएलगत्तै विमलले भारतीय फुटबलमा मोहन बगानबाट प्रतिनिधित्व गर्न पाउँदा हर्षित भएको बताएका छन् । विमल भन्छन्–‘अब टोलीलाई मैदानमा जित दिलाउने मेरो लक्ष्य हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७