भारतमा एकै दिन ५५ हजारमा कोरोना संक्रमण


१६ श्रावण २०७७, शुक्रबार
india korona

नयाँदिल्ली, १६ साउन । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ ।

अघिल्लो दिन पनि भारतमा कोरोना भाइरसका ५२ हजारभन्दा धेरै नयाँ कोरोन संक्रमित थपिएका थिए । भारतमा कोरोना भाइरसको कारण महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित बनेका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख ५७ हजारभन्दा धेरै कोरानो संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७