दार्चुलाका प्रजिअ पोखरेल भन्छन्, ‘पत्रले अप्ठ्यारो पारेपछि भारतीय अधिकारीले कुरा फेरे’


१६ श्रावण २०७७, शुक्रबार
cdo

काठमाडौं, १६ साउन । कालापानी क्षेत्रको नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै पत्र लेख्ने भारतीय अधिकारीहरु अहिले अप्ठ्यारोमा परेपछि कुरा फेरेका छन् ।

भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताउँदै कुरा फेरेका छन् ।

तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाए पनि अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर कुरा फेर्न थालेको बताएका छन् ।

भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको बताउँदै उनले नेपालले जवाफ पठाएपछि भारतीय अधिकारीहरु अफ्ठेरोमा परेको बताए ।

भारतले अतिक्रमण गरिराखेको नेपाली भूमिमा नेपालीलाई नै प्रवेशमा रोक लगाउने गरी पत्राचार गरेपछि दार्चुलाका सीडीओले धार्चुलाको इलाका प्रशासनलाई नावी, कुटी र गुन्जी नेपालकै भएकाले नेपाली नागरिकलाई अवरोध नगर्न पत्र पठाएका थिए ।

त्यसअघि भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयका अधिकारीले उक्त भू–भागमा नेपालीहरु लुकिछिपी जाने गरेको भन्दै त्यस्ता गतिबिधिबारे सूचना दिन आग्रह गर्दै पत्राचार गरेको थियो ।

तर शुक्रबार एकाएक भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिष्ट्रेटलाई उधृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएपछि नेपाली अधिकारीले भारतले पत्र लेखेको प्रष्ट गरेका हुन् ।

नेपाललाईं पत्र पठाउने धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले नै आफूले पत्र लखेको भन्ने खबर झूठो भएको दाबी गरेका छन् । भारत धार्चुलाका अधिकारीले १४ जुलाईमा नेपाली अधिकारीलाई लेखेको पत्रको जवाफ नेपाली अधिकारीले भने १४ दिनपछि २८ जुलाई अर्थात् साउन १३ गते पठाएका थिए ।
हेर्नुस् भारतीय अधिकारीले पठाएको पत्र र नेपालले पठाएको उत्तर

LetterfromDharchula1
LetterfromDarchula1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७