सँधै व्यस्त रहने सिंहदरबार बन्यो सुनसान {भिडियाे}


७ भाद्र २०७७, आईतवार
sunsan sigh darbar

काठमाडौं, ७ भाद्र । सँधैव्यस्त भिडभाड रहने देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार समेत यतिबेला सुनसान बनेको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि उपत्यकामा लगाएको निषेधाज्ञाका कारण सिंहदरबारमा सुनसान बनेको हो ।

सिंहदरबारमा सेवाग्राहीलाई प्रवेश निषेध गरिएको छ भने मन्त्रालयभित्रकै सवारीमात्र सीमित रुपमा प्रवेश गरेका थिए । कोरोनाका जोखिमका कारण सिंहदरबारमा अन्य गतिविधी पनि बन्द गरिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा भदौ १० सम्मम कायम रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७