थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३७,३४० पुग्यो


१३ भाद्र २०७७, शनिबार
korona

काठमाडौं, १३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७