कोरोनाबाट आजै १२ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या २०७ पुग्यो


१३ भाद्र २०७७, शनिबार
korona 9 scaled

काठमाडौं, १३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ ।

शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष छन् । सोसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

काठमाडौं उपत्यकामा १८६ सहित देशभर ८८४ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जना संक्रमित भेटिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ८८४ जना संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका हुन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । यससँगै अहिलेसम्म २० हजार ५५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ ।

त्यसमध्ये १० हजार १४५ जना संस्थागत आइसोलेसन र ६ हजार ४४५ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ वटा आरटी पीसीआर परीक्षण गरिएको छ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७