आज थपिएका ८८४ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१३ भाद्र २०७७, शनिबार
korona 7

काठमाडौं, १३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन् ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रदेश–१ को इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ ।

प्रदेश–२ को धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३ र सिरहाका २२ जनामा कोरोना फेला परेको छ ।

बागमती प्रदेशको काठमाडौंका १५५, काभ्रेका १९, चितवनका ५७, दोलखाका १, धादिङका ९, भक्तपुरका १२, ललितपुरका १९, मकवानपुरका ९ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको मन्त्रालले जनाएको छ ।

गत २४ घण्टामा गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका ३, नवलपरासी पूर्वका २३ र लमजुङका २९ जनामा कोरोना भेटिएको छ ।

प्रदेश–५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा १९, नलवपरासीमा १०, बाँकेमा २० र रुपन्देहीमा १६ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, दैलेख र रुकुम पश्चिममा १–१ र सुर्खेतमा १०, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा ३, बझाङमा २६ र बतैडीमा २१ जनामा कोराना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७