प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने


१४ भाद्र २०७७, आईतवार
Sim

काठमाडौं, १४ भदौं । दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् ।

यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निस्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ।

सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलो पटक २०७१ चैत २ गते त्यस्तो निर्णय गरेको थियो ।

प्रयोगविहीन सिमकार्ड निस्क्रिय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निस्क्रिय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले पछिल्लो निर्णय गरेको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७