भारतमा कोरोनाको ‘भयावह’ रुप : एकै दिन हालसम्मकै धेरै ७८ हजारमा कोरोना संक्रमण


१४ भाद्र २०७७, आईतवार
korona india 1

नयाँदिल्ली, १४ भदौं । भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । वर्ल्डओमिटरका अनुसार शनिबार ७८ हजार ४७२ संक्रमित थपिएका हुन् ।

पछिल्लो समय भारतका कोरोना भाइरस संक्रमणले ‘भयावह’ रुप लिइरहेको छ । योसँगै भारतमा ३४ लाख ६३ हजार ९७२ मा संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २६ लाख ४८ हजार ९९८ निको भएका छन् भने ६२ हजार ५५० को मृत्यु भएको छ ।

कोरोनाबाट सबभन्दा बढी आक्रान्त बनेको महाराष्ट्र प्रदेशमा शनिबार १४ हजार ४२७ नयाँ संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै ३३१ जनाको ज्यान गएको छ । यससँगै महाराष्ट्रमा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ९९५ पुगेको छ भने मृतक संख्या २३ हजार ७७५ पुगेको छ ।

दोस्रो बढी संक्रमित संख्या भएको तामिलनाडुमा ४ लाख ९ हजार २३८ जनामा संक्रमण पुष्टि भइसकेको छ । शनिबार मात्र ५ हजार ९९६ थपिएका छन् । त्यस्तै १०२ जनाको थप मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ७ हजार ५० पुगेको छ ।

यसैगरी बिहारमा पनि संक्रमण तीव्र बनेको छ । बिहारमा शनिबार २ हजार २७७ संक्रमित भेटिएका छन् । यससँगै बिहारमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ५७ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ५५८ पुगेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७