ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलको पात्रो भन्छन्, ‘अब बन्ने सरकारमा असारदेखि नै खटपट आउँछ’


२३ माघ २०७४, मंगलवार
patro 1

काठमाण्डौं, २३ माघ : यो युग विज्ञानको हो । धेरै मान्छेले अहिले ज्योतिषशास्त्रप्रति विश्वास गर्दैनन् । तर, विज्ञानको युग भनिए पनि ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुको संख्या पनि नेपाली समाजमा ठूलो छ । कसले विश्वास गर्छ वा गर्दैन भन्ने कुरालाई अहिले छाडौं । तर, हरेक वर्ष पात्रो छापिँदा वर्षभरिको ‘फल’ उल्लेख गरिएको हुन्छ ।patro 1

ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले तयार पारेको ०७५ सालको सूर्य पञ्चाङ्ग पात्रोको ‘मासफल’ लाई पत्याउने हो भने आउँदो असारबाट शासक वर्गमा तनाव र मतभेद देखा पर्ने उल्लेख गरिएको छ । त्यसबेलाको ‘शासक वर्ग’ भनेको सम्भवतः केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार मान्नु पर्ने हुन्छ ।

पञ्चाङ्ग पात्रोमा बैशाखदेखि नै राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु देखा पर्ने उल्लेख छ । मंसिरमा शासक वर्गमा मतभेद एवम् वैमनस्य बढ्नेछ । शासन प्रणालीमा चित्त नबुझेर कतै–कतै जनसंघर्ष देखा पर्ने पनि जनाइएको छ । सूर्य पाञ्चाङ्गमा पुस महिनाको मासफलको शुरुमै राष्ट्र प्रमुखहरुमा द्वन्द्व शुरु हुने उल्लेख गरिएको छ । तर, माघमा विश्वासको संकट टर्ने बताइएको छ । तर, फेरि फागुनको मासफलमा यस्तो लेखिएको छ–‘राजनेताहरुमा परस्पर विरोध बढ्ने छ ।’ ०७५ साल चैतको मासफलमा लेखिएको छ–राजनीतिक क्षेत्रमा देखिएको समस्याले निकास पाउने छ ।

पञ्चाङ्गमा उल्लेखित मासिक फल अनुसार ०७५ साल बैसाखमा महंगी बढ्ने, शेयर बजारमा अस्थिरता बढ्ने, अपराधका घटनाहरु बढ्ने अनि राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु बढ्ने छन् । जेठ महिनामा महंगी बढ्ने, रोग र महामारी फैलने, दुर्घटना बढ्ने, आपसमा झगडा र युद्ध हुने्, आँधी(हुरी आउने र राजनीतिक क्षेत्रमा विश्वासको संकट देखापर्ने सूर्य पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

असारमा जनता सुखी हुने, सुनचाँदी र भैंसीको मूल्य बढ्ने, घिऊ तेलको मूल्य स्थिर हुने, फलफूल र तरकारीको मूल्य आकाशिने अनि शासक वर्गमा तनाव र मतभेद बढ्ने पात्रोमा उल्लेख छ । साउनमा कतै–कतै युद्ध, महामारी, बाढी पहिरो आदि समस्या आइपर्ने उल्लेख छ । भदौमा ‘राजनीतिमा विश्वासको संकट टर्न थाल्नेछ’ भनिएको छ । असोजमा फेरि ‘शासक वर्गमा मतभेद उत्पन्न हुनेछ’ भनिएको छ । कात्तिकमा त झन् ‘कतैकतै साम्प्रदायिक तनाव देखा पर्नेछन्’ भनिएको छ ।

मंसिरदेखि शासक वर्गमा वैमनस्य बढ्ने र चैतमा समस्याले निकास पाउने उल्लेख छ । पुसमा वर्षाका कारण जनजीवन कष्टदायी हुने उल्लेख छ । उक्त पात्रोको भविष्यवाणी भविष्यकै जिम्मा दिने हो भने पनि वाम गठबन्धनको सरकार बन्ने संघारमा आएको यस्तो भविष्यवाणीले मनमा केहि खल्लो भने पक्कै सिर्जना गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७