धुर्मुस–सुन्तलीको अतुलनीय काम, सुन्दर बस्ती बनार्इ राष्ट्रपतिबाट हस्तान्तरण गराए (फोटोफिचर)


२३ माघ २०७४, मंगलवार
dhurmush suntali namuna basti 3 1

रौतहट, २३ माघ : केहि दिनअघिसम्म रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती निर्माणका लागि पैसा नटुटेको भन्दै चिन्तामा रहेका धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) वचनको पक्का देखिएका छन् ।dhurmush suntali namuna basti 3 1

उनीहरुको नाममा खुलेको धुर्मुस–सुन्तली फाउण्डेशनले अभाव र समस्याकैबीच पनि एकीकृत सन्तपुर बस्ती तयार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छन् ।dhurmush sultali 4

 

फाउण्डेशनले लक्षित अवधिमै नमूना बस्तीको काम सकेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बस्तीको साँचो समितिलाई हस्तान्तरण गराएको हो ।

dhurmus suntali@president
रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको बस्तीको साँचो निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई मंगलबार हस्तान्तरण गर्नुभएको छ । तस्वीर : उत्तमकुमार, रासस

 

राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको भन्दै प्रशंसा गरिन् । राष्ट्रपति भण्डारीले भनिन्–देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नु भएको छ, यो एकदमै अतुलनीय छ । यसमा सहयोग पु¥याउनु हुने सबैमा धन्यवाद ।’ प्रदेश नम्बर–२ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिएकी छन् ।bidhya dhurmus

राष्ट्रपति विद्यादेवी भण्डारी रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्तीको अवलोकन गर्नुहुँदै । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । तस्वीर : उत्तमकुमार उपाध्याय, राससकार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल निर्माणका लागि धुर्मुुस–सुन्तलीले उदाहरणीय काम गरेको बताएका छन् ।हाँस्य कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गरेका छन् । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती निर्माण सबै सहयोगी हातबाट भएको भन्दै बस्ती विकासमा धेरैले गाँस कटाएर सहयोग गरेको बताए । कलाकार कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर बनेका छन् ।dhurmush suntali namuna basti 1

गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृष्यावलोकनका लागि भ्युटावर बनेका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो ।dhurmush suntali namuna basti 2

करीब पाँच करोड २४ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिन–रात आफैं खटेका थिए । सो बस्ती अपाङ्गमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताएका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौंथो परियोजना हो ।Dhurmush suntali basti nirman 1

कलाकारितासँगै प्रत्यक्ष समाजसेवामा उत्रिएका धर्मुस–सुन्तली अहिले सबैको वधाइको पात्र बनेका छन् । धेरै चर्चित व्यक्तिहरु देशका नागरिक समस्यामा परेका बेला पनि चुप लागेर बसिरहेको अवस्थामा उनीहरुको यो सक्रियता उनीहरुका लागि गतिलो पाठ बनेको सर्वसाधरण बताउँछन् ।

dhur

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७