५ दिनको ‘लिभिङ टुगेदर’ बलात्कारमा बदलिएपछि…


२३ माघ २०७४, मंगलवार
living

रौतहट, २३ माघ : शहरी क्षेत्रमा ‘लिभिङ्ग टुगेदर’ अर्थात विवाह नगरीकनै युवा–युवती एकै ठाउँ बस्ने सँस्कृति मौलाउँदो । लिभिङ्ग टुगेदर राम्रो–नरम्रो दुबै वसह समाजमा चलिरहेका छन् । तर, पछिल्लो समय यस्तो सँस्कृतिमा विकृति पनि भित्रिएका छन् । लिभिङ्ग टुगेदरसँगै जोडिएको एउटा अर्को खबर रौतहटबाट बाहिर आएको छ । रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी एक युवती एउटै कम्पनीमा काम गर्थें । सम्बन्ध निकट हुँदै जाँदा उनीहरु एक–अर्काको प्रेममा बाँधिए ।living

सम्बन्ध झन गाढा बन्दै गयो । उनीहरु एक–अर्कालाई छोड्न नसक्ने भए । अन्तरजातीय सम्बन्ध भएका कारण उनीहरुको सम्बन्धलाई परिवारले नमान्ने डर भने दुवैलाई थियो । एक हप्ताअघि ती युवतीलाई विवाह गर्ने भन्दै अशोकले काठमाण्डौं सुन्धारास्थित होटल एसियनमा बोलाए । त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे ।

५ दिनपछि अशोक एकाएक सम्पर्कबिहीन हुँदा युवती छाँगाबाट खसेझैं भइन् ।
लगत्तै, उनी महानगरीय प्रहरी वृत जनसेवामा पुगेर उजुरी दिइन् । गत शनिबार प्रेमी भनिएका अशोक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने बताएका छन् । यता युवतीले भने आफूमाथि बलात्कार भएको उजुरी दिएकी छन् । अहिले पाँच दिनको लिभिङ्ग टुगेदर बलात्कारको रुपमा बदलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७