सचिवालयका चार जनालाई कोरोना संक्रमण : कस्तो छ प्रधानमन्त्रीलाई ?


१७ आश्विन २०७७, शनिबार
PM KP Sharma oli with Mask 1
बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकमा सहभागी हुँदै । प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

यो सँगै प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो बढेको छ । प्रेस सल्लाहकार थापाका अनुसार उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । यसअघि प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण उनीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भने बिहीबार नै स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि एकदिन पछि शुक्रबार स्वाब संकलन गरिएका सचिवालयका टिमलाई भेटिएपछि प्रधानमन्त्रीको पनि चिन्ता बढेको स्रोतको दाबी छ । प्रधानमन्त्रीको पुन स्वाब संकलन गरेर परिक्षण गरिने स्रोतको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७