प्रधानमन्त्रीको सुरक्षामा खटिएका ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार
army

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी ७० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको थियो । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

शुक्रबार गरेको परीक्षणमा सचिवालयका सदस्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७