गगन थापालाई कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार
Gagan Thapa

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।

सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो। नेपाली कांग्रेसले बैठक अघि आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो।

शुक्रवार २७० भन्दा बढीले कांग्रेस कार्यालयमा कोरोना परिक्षणका लागि स्वाब संकलन गराएका थिए। सो क्रममा थापासहित अर्जुननरसिंह केसी लगायतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो। कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई लक्षण भने देखिएको छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७