जुम्ल्याहा शिशुलाई जन्म दिएपछि कोरोना संक्रमित सुत्केरीको मृत्यु


१८ आश्विन २०७७, आईतवार
nepalgunj teaching hospital2

बाँके, १८ असोज । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीको ज्यान गएको छ ।

कञ्चनपुरको महेन्द्रनगर-२ की २९ वर्षीया सुत्करीको उपचारका क्रममा आज (आइतबार) बिहान ४ः३० बजे मृत्यु भएको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

कञ्चनपुरको धनगढीस्थित सेती अस्पतालमा उनले एक छोरा र छोरी (जुम्ल्याहा) शिशुलाई जन्म दिएकी थिइन् । त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको शल्यक्रिया गरिएको थियो ।

रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि यही असोज १५ गते उनलाई नेपालगज मेडिकल कलेज भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचार गराएका ९ संक्रमितको मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७