सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण, काम प्रभावित


१८ आश्विन २०७७, आईतवार
sarbochha 1

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीशलगायत केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ ।

न्यायाधीश, केही अधिकृत र कर्मचारीहरुमा कोरोना पुष्टि भएको र उनीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ । न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएसँगै आज सर्वोच्चमा एकल इजलास मात्रै गठन भएका छन् ।

प्रशासनले एक विज्ञप्तिमा जारी गर्दै भनेको छ, ‘यस अदालतका माननीय न्यायाधीश ज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनु भएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीश ज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन-सेल्फ आइसोलेसनमा रहनु भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७