मकालु आधार शिविर घुम्न गएका युवाको लेक लागेर मृत्यु


१८ आश्विन २०७७, आईतवार
child death 1

किमाथांका, १८ असोज । संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका -१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी -३ का सुशील कार्कीले जानकारी दिए ।

सदरमुकाम खाँदबारीबाट यही असोज १२ गते सात युवाको टोली बेस क्याम्पतर्फ लागेको थियो । श्रेष्ठसहितको टोली शिवधारा दर्शन गरिसकेर मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्य समस्या देखिएपछि याङ्लेखर्कभन्दा केही तलको एक होटलमा उनलाई राखिएको यात्रामा सहभागी कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले श्रेष्ठको लेक लागेर शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने बताए ।

श्रेष्ठको शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराब मौसमका कारण नै रोकिएको थियो । शनिबार घटनास्थलतर्फ उडेको हेलिकप्टर आज बिहान मात्रै शव लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय संख्ुवासभाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७