खेतमा गैंडा धपाउन विछ्याइएको तारबाट करेन्ट लागेर मृत्यु


१८ आश्विन २०७७, आईतवार
current

चितवन, १८ असोज । चितवनको माडीमा वन्यजन्तु धपाउन विछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

उनका अनुसार वसन्तपुरस्थित खेतमा गैंडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिंडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७