बिपी प्रतिष्ठानको कोभिड अस्पताल सुधारका लागि दबाब समूह गठन


१४ कार्तिक २०७७, शुक्रबार
bp

सुनसरी, १४ कार्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको कोभिड–१९ अस्पतालको सुधारका लागि दबाब समूह गठन गरिएको छ ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको नेतृत्वमा एक सय एक सदस्यीय बिपी प्रतिष्ठान सुधार दबाब समूह गठन गरिएको हो ।

उचित व्यवस्थापनको अभावमा नागरिकको अकालमा ज्यान जान थालेपछि सर्वपक्षीय भेलाले दबाब समूह गठन गरेको नेकपा धरान नगर इन्चार्ज फोक्साहाङ लिम्बु (चोत्लुङ) ले बताए ।

दबाब समूहमा सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका वडाध्यक्ष, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, पत्रकारहरू सहभागी छन् । प्रतिष्ठान सुधारका लागि समूहले दबाब सिर्जना गर्ने जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७