ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात


२८ मंसिर २०७७, आईतवार
branchless Boj

काठमाठौं, २८ मंसिर । ग्लोबल आइएमई बैंकले एकैसाथ ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका, धनुषा जिल्ला नगराइन नगरपालिका फुलगा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौर र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७