भूकम्पले भत्केको गुम्बाको शिलान्यास


२९ मंसिर २०७७, सोमबार
Gumba dolpa2 20190925005258

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौंडामा रु एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ । उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यकता रहेको प्रमुख महतले बताए । भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन । पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो ।

यसैबीच हेटौँडाको हुप्राचौरमा नमूना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ । हुप्राचौरबाट भैरव रोड जोड्ने नमूना सडकको प्रमुख महतले शिलान्यास गरे । हेटौंडा उपमहानगरपालिकाको रु ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उनले बताए ।

उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ थियो । हेटौंडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७