शान्तिनगरको सुकुमबासी बस्तीमा भिषण आगलागी


२९ मंसिर २०७७, सोमबार
agalagi fireing आगालागी 234545

काठमाडौं, २९ मंसिर । काठमाडौं शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने देखिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७