पारस, ज्ञानेन्द्र र सरद १० रनमै आउट

दिलिपनाथ ४१ रनमा आउट


२ फाल्गुन २०७४, बुधबार
parash khadaga Gyanendra malla and sarad veshwakar

काठमाडौं,२ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा क्यानडाविरुद्धको खेलमा नेपालमा दिलिपनाथ ४१ रन बनाएर आउट भएको छ ।parash khadaga Gyanendra malla and sarad veshwakar

निर्णायक खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपालमा सुरुवातमै नेपालले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपनि पारी सम्मालेका दिलिपनाथले ६८ बलमा ४ चौकाको मद्धतमा ४१ रन बनाए ।

यस्तै सरद पनि ५ बलमा १ रन बनाउँदै आउट भएको छ ।ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भए भने कप्तान खड्का पहिलो बलमै आउट भएका हुन् । पारस र ज्ञानेन्द्र दुबै छैठौं ओभरमा आउट भएका हुन् । नेपालका अहिलेसम्म ब्याटिङ लाइन थाम्दै अाएका तीनै ब्याटसम्यानले १० रन मात्र जाेडेर अाउट भए ।

राेहित कुमार पाैडेल र आरिफ शेख क्रिजमा छन् भने २५ ओभरको खेल सकिन्दा ४ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७