उपाधिका लागि नेपाल र यूएईबीचको खेल जारी : करणले लिए दोस्रो विकेट


३ फाल्गुन २०७४, बिहीबार
nepalvsoman

काठमाडौं, ३ फागुन। आइसीसी डिभिजन टूको उपाधिका लागि नेपाल र यूएईबीचको खेल जारी छ। टस जितेर ब्याटिङ गरेको युएईले १ सय ८५ रन बनाउदा २ विकेट गुमाएको छ ।nepalvsoman

युएइका गुलाम साबेर १८ रनमा आउट भएका हुन् । उनलाई करण केसीको बलमा सन्दीप लामिछानेले रन आउट गराएका हुन् । यसअघि ५१ रन बनाए खेलेका युएइका ओपनर ब्याट्सम्यान रोहन मुस्ताफालाइ बसन्त रेग्मीले आउट गरेका थिए । उनले ७४ बलमा ७ चौकासहित ५१ रन बनाएका हुन् ।

ताजा अवस्थामा ३४ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर १ सय ६५ रन बनाएको छ ।

दुवै टिम शीर्ष २ मा स्थान बनाउदै विश्वकप छनोट खेल्ने भइसकेका छन् । बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ । युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो ।

नेपालले युइईलाई हराएमा च्याम्पियन मात्र बन्ने छैन, मार्च ४ तारिखबाट जिम्वावेमा हुने विश्वकप छनोटमा कठिन टिमसँग खेल्नुपर्ने हुन्छ । नेपालले यो खेलमा जित हासिल गरेमा विश्वकप छनोटको समूह ए बाट खेल्नेछ । जहाँ, वेष्ट इण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स र पपुवा न्यूगिनी छन् । पराजित भएर उपविजेतामा सीमित भए नेपालले समूह बी बाट खेल्नुपर्नेछ । समूह बी मा घरेलु टोली जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

विश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एक अर्कासँग १-१ खेल खेल्नेछन् ।

त्यसपछि दुवै समूहबाट उत्कृष्ट तीनमा स्थान बनाउने टिम सुपर- ६ चरण खेल्न छनौट हुनेछ । समूह चरणमा पाएको अंकसमेत सुपर ६ चरणमा जोडिनेछ । सुपर ६ चरणपछि फाइनल पुग्ने उत्कृष्ट २ टिम विश्वकप २०१९ खेल्न छनौट हुनेछ।

समूह ‘ए’ मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र समूह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७