डिभिजन टू को उपाधि जित्न नेपाललाई युएईको २ सय ७८ रनको चुनौती


३ फाल्गुन २०७४, बिहीबार
criket nepal 1

 

काठमाडौं: नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन(२ प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको हो ।criket nepal 1

युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । १ सय १० बलको सामना गर्दै उनले १० चौका र ३ छक्का पनि प्रहार गरेका थिए । उनलाई अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन बनाउँदै राम्रो साथ दिएका थिए । त्यस्तै आक्रामक ब्याटिङ्ग गर्दै शाइमन अनवरले ४० रन बनाएका थिए ।

नेपालका लागि वसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए । त्यस्तै अर्को विकेट रन आउट मार्फत भएको थियो । शानदार ब्याटिङ गरिरहेका अश्फाकलाई सन्दिपले आउट गरेका थिए । सो विकेटसँगै सन्दिपको प्रतियोगितामा कुल १७ विकेट भयो ।

नेपाल केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ । नेपाल र युएई यसअघि नै विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् । तर आजको विजेताले विश्वकप छनोटमा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७