सनसनीपूर्ण खेलमा नेपालले क्यानाडालाई हरायो, विश्वकप छनोट खेल्ने पक्का


२ फाल्गुन २०७४, बुधबार
criket nepal1

काठमाडौं, २ फागुन : नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराएको छ । नेपालको जितमा करण केसी नायक बनेका छन् ।criket nepal1

लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो ।  अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई विश्वकप छनोटमा पुर्‍याए ।  ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन, रोहित पौडेलले २७ रन, आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए। यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए। भने  पहिलो बलमा कप्तान पारस खड्का गुमाएको थिए भने  उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएका थिए ।  ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियाे । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् ।  खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे।

श्रीमान्थ विजेरत्नेको शतक
टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो । उसका  श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो । लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।

अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे । उनी १०३ रनमा नटआउट रहे ।

criket nepal 1

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे । शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

नेपाल शीर्ष स्थानमा

लिगमा ५ मध्ये ४ खेल जित्दै सर्वाधिक ८ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहदै वर्ल्ड कप क्वालिफायरमा छनोट भएको हो।  ५ मध्ये ३ खेल जित्दै क्यानडा र नामिबिया समान ६ अंक जोडेको युएई रनरेटमा अगाडी रहदै दोस्रो भएको हो। अब नेपाल र युएईबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् ।

तालिका यस्ताे छ ।

TEAMMWLPTNRR
NEPAL5418-0.124
UAE53261.034
CAN53260.868
NAM53260.566
OMAN5234-0.508
KENYA5050-1.834

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७