सन्दीप तिमीलाई पाउँदा हामी खुसी छौं : डेयरडेभिल्सका प्रमुख दुआले


४ फाल्गुन २०७४, शुक्रबार
sandeep lamichhane and tuhale

काठमाडौं, ४ फागुन।  दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी हेमन्त दुआले ट्वीटरमार्फत सन्दीप लामिछाने प्रशंसा गरेका छन् ।  आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने म्यान अफ द सिरिज चुनिएपछि  उनले  ट्वीटरमार्फत बधाइ दिएका हुन् । सन्दीपले ६ खेलमा १७ विकेट लिएका थिए ।sandeep lamichhane and tuhale

हेमन्तले ट्वीटरमा लेखेका छन् ‘प्रिय सन्दिप, आइसीसी डिभिजन २ मा म्यान अफ द सिरिज चुनिएकोमा बधाइ । १७ विकेटको सफलता निकै आश्चर्यजनक हो । म शतप्रतिशत निश्चित छु अझै अगाडि तिम्रा लागि ठूला अवसर र सफलताले पर्खिरहेका छन् । तिमी गौरवशाली नेपाली हौ र तिमीलाई ‘डेयरडेभिल’को रुपमा पाउँदा हामी खुसी छौं ।’

१७ वर्षीय युवा स्पिनर सन्दिप लामिछाने डिभिजन २ प्रतियोगितामा  ६ म्याचमा १७ विकेट लिएर  प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा  परे । ओमानका बिलम खानले समान विकेट लिए पनि राम्रो इकोनोमीका कारण सन्दिप अगाडि छन् ।

केन्याविरुद्धको महत्वपूर्ण खेलमा उनले केवल २० रन दिएर पाँच विकेट लिएपछि पनि दिल्ली डेयरडेभिल्सले प्रशंसा गरेकाे थियाे ।


नामिबियामा बिहिबार सकिएको डिभिजन –२ मा नेपाल उपविजेता बन्दै १ मा चढेको छ भने जिम्बावेमा हुने विश्वकपमा छनौटको खेलमा समेत छनौट भएको छ । लिगमा नेपाल शिर्ष रहँदै प्रवेश गरेको हो ।

डिभिजन टूमा नेपाली युवा बलर सन्दिप लामिछाने ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन् । भने   यूएईविरुद्धको शतकसँगै नेपाली कप्तान पारस खड्का २४१ रनसहित प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने  ।

याे पनि पढ्नुहाेस्
नेपाल यूएईसँग हारे विश्वकप छनौटको सहज समूहमा !
विश्वकप छनोट : नेपालको पहिलो भिडन्त जिम्बावेसँग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७