विश्वकप छनोट : नेपालको पहिलो भिडन्त जिम्बावेसँग


४ फाल्गुन २०७४, शुक्रबार
cri

काठमाण्डौं, ४ फागुन : एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
आउँदो फागुन २० गतेदेखि जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ समूहमा रहेको छ ।cri

सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्याण्ड रहेका छन् । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्याण्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्ने छ । सुपर सिक्स चरणमा एउटा टिमले तीन खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिने छ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्ने छन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागी हुनेछ एशोसिएट टोलीमध्ये नेदरल्याण्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन ेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इङ्ल्याण्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्ने छन् । डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूह चरणमा सबै टिमले एक–अर्कासँग एक–एक खेल खेल्ने छन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्स चरण खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७