ओली–प्रचण्ड सबै विवाद टुङ्ग्याउने गरी बालकोटमा छलफल गर्दै


५ फाल्गुन २०७४, शनिबार
Oli Dahal

काठमाण्डौं, ५ फागुन : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै निवास बोलकोटमा बोलाएर सरकारमा सहभागिता र पार्टी एकताबारे छलफल गरिरहेका छन् ।Oli Dahal

अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भइरहेको नेताहरुले जनाएका छन् । दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा सहमति जुट्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठकबाट निर्णय गर्ने तयारी छ । हिजै भेटवार्ता हुने भनिए पनि अनौपचारिक छलफल मात्रै हुन सकेको नेताहरुले जानकारी दिएका छन् ।

दुवै दलका नेताहरुका अनुसार पार्टी एकतादेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख पदको बाँडफाँडलगायतका विषयमा एकै पटक सहमति जुटाउने तयारी भइरहेको छ । पदीय बाँडफाँड र पार्टी एकताको स्वरुप तयार नहुँदासम्म सरकारले पूर्णता पाउन नसक्ने भएकाले उनीहरु सबै विषय एकै पटक टुंग्याउन लागेका हुन् । दुई पार्टीको एकताबारे धेरै कुरा मिलिसके पनि सैद्धान्तिक विषयमा कुरा मिल्न बाँकी छ ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका नेताहरुलाई पनि सरकारमा सहभागी गराउने तयारी गरे पनि माओवादी केन्द्रले प्याकेजमै पार्टी एकता गर्नुपर्ने अडान लिएपछि एमाले अध्यक्ष समेत रहेका ओली झस्किएका छन् । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले माओवाद सिद्धान्त राख्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।

एमाले र माओवादीबीच एकीकृत पार्टीको नेतृत्व संयुक्त रुपमा गर्नेबारे सहमति भईसकेको छ । तर सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा पनि सहमति जुट्न बाँकी छ । माओवादी केन्द्रका नेताहरुले दुई पार्टी लामो समय आ–आफ्नै सिद्धान्त र बाटोमा हिंडेको भए पनि समान कुरालाई छाडेर गम्भिर विषयहरुमा गम्भिर रुपमा नै बसेर छलफल गर्नुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७