गुडिरहेको भ्यान रूखमा ठोक्किँदा ९ जनाको मृत्यु, १३ यात्रु घाइते


१९ माघ २०७७, सोमबार
8c9f0cc539f0dd3baecb58ebfccc972d w1000 h500 cp

नयाँदिल्ली, १९ माघ । भारतको ओडिसा राज्यको कोरापुट जिल्लास्थित कोटपुतमा आइतबार राति एउटा भ्यान पल्टिँदा ९ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

कोरापुटका डीएम मधुसूदन मिश्राका अनुसार ओडिसाको सिन्धीगुडा गाउँबाट छत्तीसगढ राज्यको कुल्टा जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । घाइतेलाई अस्ताल पठाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भ्यान आफैं अनियन्त्रित भएर रूखमा ठोक्किएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७