अाजकाे राशिफल, वि.सं. २०७४ साल फागुन ६ गते।


६ फाल्गुन २०७४, आईतवार
rashifal today

वि.सं. २०७४ साल फागुन ६ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी १८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, २८:०७ बजेउप्रान्त चतुर्थी। नक्षत्र– पूर्वभाद्रपदा, १२:१० बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सिद्ध, १४:२९ बजेउप्रान्त साध्य। करण– तैतिल, १६:०८ बजेदेखि गर, २८:०७ बजेउप्रान्त वणिज। आनन्दादिमा चर योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ०७ पला। पञ्चक। सर्वार्थसिद्धियोग १२:१० बजेदेखि। मीन राशिमा rashifal today

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । फलदायी यात्रा नहोला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको धन हात पर्नेेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर परिवारको समस्याले सताउनेछ । मनमा दुविधा उत्पन्न होला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ कार्यको योजना बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । वस्त्र लाभ हुनेछ ।

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अधुरो काम पूरा हुनेछ ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा मालसामान हराउन सक्छ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सरकारी निकाएको भय रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७