प्रदेश–३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ : मुख्यमन्त्री पौडेल


६ फाल्गुन २०७४, आईतवार
dor

मकवानपुर, ६ फागुन : प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने बताएका छन् । हेटौंडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा आइसकेको राजधानी कुनै पनि हालतमा नसर्ने दावी गरे । dor

हेटौंडा राजधानीका लागि उपयुक्त भएको भन्दै उनले अहिले राजधानी जहाँ छ त्यहिँ नै हुने धारणा व्यक्त गरे । अहिलेसम्म ९० प्रतिशत कर्मचारी कामका लागि नआएका कारण काम गर्न समस्या भएको उनको भनाई छ । सरकारी कर्मचारी सिंहदरवारबाट तल झर्न नचाहेकाले पनि काम गर्न अप्ठ्यारो भएको उनको आरोप छ ।

उनले हेटौँडालाई आधुनिक शहरको रुपमा विकास गर्नका लागि आफू लागि परेको बताए । त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडालाई देशकै नमूना शहरको रुपमा विकाश गर्न आफू लागिपरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७