राजेन्द्र महतोले नरमायालाई सांसद बनाएपछि तात्तियो राजपादेखि सामाजिक सञ्जाल

दुई करोड दिएर सांसद बनेको नरमायामाथि आरोप


६ फाल्गुन २०७४, आईतवार
naramaya dhakal 5a894a823b8f48.23028964

काठमाण्डौं, ६ फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) बाट पार्टीकै कार्यकर्ताहरुले नचिनेकी नरमाया ढकाल समानुपातिकबाट प्रतिनिधि सभा सदस्य चुनिएपछि अहिले पार्टी र सामाजिक सञ्जालमा ढकालको चर्चा चुलिएको छ । खसआर्य सूचीबाट नरमाया सांसद बनेपछि अहिले पार्टीका नेताहरुले नै खैलाबैला मचाएका छन् । पहिलो पटक खसआर्यको सूचीबाट रेणु शर्माको नाम राजपाले निर्वाचन आयोगमा पठाएको थियो । निर्वाचन आयोगले नाम सच्याएर पठाउन पत्र पठाएपछि नरमायाको नाम पठाउन राजपा बाध्य भएको हो ।naramaya dhakal 5a894a823b8f48.23028964

नेताले नै चिन्दैनन् नरमाया

एकाएक आफ्नो पार्टीबाट नरमाया सांसद बनेपछि राजपाका शीर्ष नेता नै नमज्जाले छक्क परेका छन् । सामान्य कार्यकर्ता मात्रै नभएर अध्यक्षमण्डलका सदस्यहरु नै नरमायालाई नचिनेको भन्दै सामाजिक सञ्जाल तताइरहेका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मात्रै नरमायालाई चिन्ने गरेको राजपाका एक नेताले व्यङग्य गर्छन् । महतोको जोडबलमा नै उनलाई समानुपातिक सूचीमा राखिएको उनले जानकारी दिए । खसआर्यको सूचीमा एक नम्बरमा नरमायाको नाम भएकाले उनी सांसद बन्ने सौभाग्य पाएकी छन् ।

अहिले नरमायाले सांसद बन्न २ करोड दिएका कुरा समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मधेस आन्दोलनमा सहभागी नभएको व्यक्तिलाई पैसा बलमा सांसद बनाइएको आरोप राजपा नेताहरुको छ । राजपा जुनसुकै नेतालाई नरमाया ढकालबारेमा सोध्दा महतो वा अनिल महासेठलाई सोध्नु भन्ने प्रतिक्रिया दिने गरेका छन् । नरमायाका आफन्तले उनले पार्टीलाई २ करोड दिन सक्ने हैसियत नभएको बताउँछन् । ‘उनी सामान्य परिवारकी हुन् , उनको पैसा दिएर सांसद बन्ने हैसियत छैन,’ उनका एक आफन्तले भने । तत्कालीन सदभावना एवम् हालको राजपाका महामन्त्री मनिष सुमनले पनि आफूले नरमायालाई नचिनेको बताए । उनले छोटो भने, ‘म चिन्दिनँ, मैले तस्बिर समेत देखेको छैन ।’ नरमायाको सामाजिक सञ्जालको तस्विर भने कुनै कलाकार भन्दा कम छैन ।

को हुन् नरमाया ?naramaya

एक गैरसरकारी संस्थामा कार्यरत नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको समाचार स्रोत बताउँछ । ढकालको नागरिकता स्याङ्जाको छ । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ । नागरिकता स्याङ्जाको भएका कारण मधेसमा उनको आलोचना भएको हो । उनले विगतमा मधेस आन्दोलनमा कुनै योगदान नदिएका कारण पनि आलोचना भएको हो । नरमाया पक्षका एक नेताले ६ वटा दल मिलेर बनेको राजपाको ८१५ सदस्यीय केन्द्रीय कमिटीमा सबैको एक अर्काका चिनजान नरहेको बताएका छन् । ‘६ वटा दलका मिलेर राजपा बनेको छ , यहाँ ८१५ जना बीच कहाँ एक अर्कामा चिनजान छ ?’उनले भने । उनले खसआर्यबाट नै सांसद बनाउनु पर्ने संवैधानिक व्यवस्थाका कारण नरमाया सांसद बनेको दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७