निष्कर्ष निकालिने भनिएको ओली–प्रचण्ड चार घण्टा लामो छलफल निष्कर्षविहीन


६ फाल्गुन २०७४, आईतवार
Oli Dahal

काठमाण्डौं, ६ फागुन : निर्णायक निष्कर्ष निकालिने दावी गरिएको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको चार घण्टा लामो ‘वान टु वान’ वार्ता फेरि निष्कर्षविहीन बनेको छ ।Oli Dahal

भक्तपुरका व्यवसायी दुर्गा फूयालको घरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टासम्म भएको छलफलले पार्टी एकताको बिषय र राजनैतिक नियुक्तीको भागबन्डा टुंगो लगाउने भनिए पनि छलफल कुनै निष्कर्षमा नपुगेको नेताहरुले बताएका छन् । छलफल सकारात्मक भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । यसैबीच आइतबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७