उपेन्द्र नेतृत्वको फोरम सरकारमा आउने


६ फाल्गुन २०७४, आईतवार
rajendra Kfb3N8qL4e

काठमाण्डौं, ६ फागुन : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल ओली सरकारमा आउने भएको छ । पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा राष्ट्रिय एकताको सन्देश दिन पनि आफ्नो पार्टी बाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको जानकारी दिएका छन् ।rajendra Kfb3N8qL4e

आईतबार काठमाण्डौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सहमतिका लागि आफूहरुलाई केन्द्रीय सरकारमा सहभागी गराए बामगठबन्धनलाई पनि प्रदेश नम्बर–२ को सरकारमा समेटने योजना रहेको जनाए । केन्द्रमा बाम गठबन्धन र प्रदेश २ मा आफूहरुलाई जनताले सरकार चलाउन म्यान्डेट दिएको सहअध्यक्ष श्रेष्ठको भनाई छ । सहअध्यक्ष श्रेष्ठले मुलुकलाई एकतावद्ध बनाएर लैजान बाम गठबन्धन नेतृत्वको सरकार तयार हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७