प्रदेश–४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा


६ फाल्गुन २०७४, आईतवार
sri

पोखरा, ६ फागुन : प्रदेश ४ को उपसभामुख चयनका लागि भएको निर्वाचनमा सिर्जना शर्मा विजयी भएकी छिन् । उपसभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा एमाले सांसद सिर्जना शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको थियो ।sri

एमाले सांसद मायानाथ अधिकारीको प्रस्ताव र माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङको समर्थनमा शर्माले उपसभामुखमा मनोनयन दर्ता गराएकी थिइन् । यस प्रदेशको सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् ।
आजको बैठकमा ५६ जना सांसदहरु उपस्थित रहेका थिए । ६० सदस्यीय प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जनाको प्रतिनिधित्व छ । मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य बनेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भने ज्यान मुद्धामा दोषी ठहर भइ फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७