पूर्ण बन्यो प्रदेश–६ को सरकार, नरेश भण्डारीलाई गृह, प्रकाश ज्वाला बने अर्थमन्त्री


६ फाल्गुन २०७४, आईतवार
jw

काठमाण्डौं, ६ फागुन : प्रदेश–६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश सरकारले पूर्णता पाएको छ । एमाले र माओवादीले मन्त्रीहरुको टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्रीलाई सिफारिस गरेका छन् ।jw

मुख्यमन्त्री शाहीले सिफारिस गरेको ६ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले आजै शपथ खुवाउका छन् । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानबाट निर्वा्चित एमालेका प्रकाश ज्वालाले पाएका छन् । यो मन्त्रालय माओवादीका भण्डारीले दावी गर्दै आएका थिए । यस्तै सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

उनीहरु सबै एमालेबाट निर्वा्चित सांसद हुन् । आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वा्चित जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । भण्डारी मुख्यमन्त्रीका दावेदार थिए । रुकुमबाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । विमला बाहेक अरु सबै मन्त्रीहरु प्रत्यक्ष निर्वा्चित सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७