व्यापारीको घरमा वार्ता गर्नु राम्रो नहुने ओली र प्रचण्डलाई बाबुरामको सुझाव


६ फाल्गुन २०७४, आईतवार
Oli prachanda

काठमाण्डौं, ६ फागुन : नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यापारीक स्वार्थ भएका व्यक्तिको निजी निवासमा छलफल गर्नु राम्रो नहुने सुझाव दिएका छन् ।Oli prachanda talk UsuoG5e5sF.jpg.800x630 q70 crop

केहीदिन अघिसम्म ललितपुरका एक व्यापारिको घरमा छलफल गरेको र आइतबार भने भक्तपुरका व्यापारी दुर्गा प्रसाईंको घरमा छलफल गरेको प्रसङ्गलाई जोड्दै बाबुरामले यस्तो सुझाव दिएका हुन् । ट्विटरमा सक्रिय बाबुरामले राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट गर्नु राम्रो नहुने बताएका हुन् । उनले नियत राम्रो भए पनि त्यसले गतल सन्देश जानेतर्फ सजग हुन ओली र प्रचण्डलाई आग्रह गरेका छन् ।

‘राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट नगर्नु राम्रो हुन्छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘नियत राम्रो भए पनि त्यसले गलत सन्देश दिन्छ । क्रोनी क्यापिटालिस्म भनेकै यही हो।’ सँगै बाबुरामले माक्र्सको भनाइ उद्धृत गर्दै ट्विटमै भनेका छन् , ‘नर्क जाने बाटो पनि असल मनसायले बनाइएको हो ।’ आइतबार दुर्गा प्रसाईंको घरमा छलफलपछि खानपान गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेका बेला बाबुरामले यस्तो सुझाव दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७