ओलीले मागे मन्त्रीको लिस्ट, प्रचण्डले मागे सहमतिको प्याकेज


६ फाल्गुन २०७४, आईतवार
oli and parchanda

ओली र प्रचण्डबीच चार घन्टा ‘वान टु वान’ वार्ता

भक्तपुर, ६ फागुन  :  प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वान टु वान वार्ता भएको छ । तर, आज पनि ठोस सहमति हुन सकेन ।

oli and parchanda 768x366

मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चारघण्टा लामो भएको डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । वार्तामा प्रधानमन्त्री ओलीले माओवादीबाट मन्त्री बनाउने नेताहरुको लिस्ट मागेका थिए । तर, प्रचण्डले भने एकीकृत पार्टीको संगठन र विचार सबै प्याकेजमा सहमति गर्नका लागि प्रस्ताव राखेका थिए ।

भेटकाबारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पार्टी एकताका विषयमा कुराकानी भएको बताउँदै कुराकानी सकारात्मकरुपमा अगाडि बढेको जानकारी दिए । एकताकाबारेमा छलफल सकारात्मकरुपमा अगाडि बढेको बताए । उनले अब हुने छलफलले सहमति जुटाएर पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओली निवास बालकोटमा शनिबार भएको वार्तामा भने आज पुनः वान टु वान छलफल गरी सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि समितिको बैठक भने आज बस्न सकेन ।

सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको बताइएको छ । पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पु¥याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाका बारेमा सहमति गर्न आग्रह गरेका थिए । पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७