आलोपालो प्रधानमन्त्री बन्नु हुँदैन : नेता नेपाल


७ फाल्गुन २०७४, सोमबार
Madhav Kumar Nepal

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी एकतापछि आलोपालो गरी प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सोमबार रौतहट गैरको आफ्नै निवासमा संचारर्कीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेको नेपालले पार्टी एकतापछि एउटै पार्टी भएकोले एउटैपार्टी भित्र आलोपालो प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

Madhav Kumar Nepal
फाइल तस्बिर

आलो पालो प्रधानमन्त्री हुँदा कमजोरी हुने बताएका छन् । उनले भने, ‘एउटै पार्टी भए पछि के को पालो पालो ? आलोपालो प्रधानमन्त्री बन्यो भन्ने ब्यूरोक्रेसीले कुरा मान्छ ?’ एकतापछि ओली र प्रचण्डबीच आलोपालो गरी प्रधानमन्त्री बन्ने सहमति भएको चर्चा सुनेको भन्दै त्यस्तो सहमति भएको हो भने त्यो आफूलाई थाहा नभएको बताएका छन् ।

उनले भने, यस्तो सहमति भएको छ भने मलाई थाहा छैन । यस्तो कुराहरू बाहिर बोल्नु हुँदैन । पालैपालोको गीत गाउने बेला होइन ।’ वरिष्ठ नेता नेपालले अन्य देशमा पनि २ जना सहध्यक्ष रहने व्यवस्था भएको भन्दै पार्टी एकीकरण पछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७