विद्यालय जाँदै गरेकी बालिका बाटोमै बलात्कृत


९ फाल्गुन २०७४, बुधबार
rape 4

कञ्चनपुर, ९ फागुन : विद्यालय जाँदै गरेकी एक १३ वर्षीया बालिका कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ कि १३ वर्षीया बालिका बाटोमै बलात्कृत भएकी छिन् । rape 4

बलात्कारको आरोपमा छिमेकी गाउँ मौवाफाँटाका २० वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाने बाटोमा पर्ने दुर्गादेवी सामुदायिक वनको जङ्गलमा पिछा गर्दै आएका विनोदले बलात्कार गरेको बालिकाले बताएकी छिन् । बिहीबार बिहान ९ः३० बजेतिर बलात्कारमा परेपछि उनी विद्यालय नगएर घर फर्किएकी थिइन् । मुख छोपेकाले चिच्याउँदा पनि कसैले नसुनेको बालिकाले जानकारी गराएकी छिन् ।

अर्धबेहोस अवस्थामा घर पुगेकी बालिकाले बताएको हुलियाका आधारमा प्रहरीले विनोदलाई महेन्द्रनगरबाट पक्राउ गरेको जनाएको छ । विनोदले बलात्कार गरेको स्विकारेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक मोहन साउदले बताएका छन् । उजुरी आएको सात घण्टामै पक्राउ गरेको बताउँदै उनले भने, ‘किटानी जाहेरी दर्ता गरेर कार्बाही प्रक्रिया अघि बढाई सकिएको छ ।’ विनोदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको र केही दिनमै मुद्दा दर्ता हुने उनले बताए । पीडित बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७