डिपिएलको अक्सनमा कुन खेलाडि कतिमा किनिए ?


९ फाल्गुन २०७४, बुधबार
dpl criket player

काठमाडौं, ९ फागुन : नेपालको घरेलु क्रिकेटमा सवार्धिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को अक्सन सम्पन्न भएको छ । धनगढीमा आगामी चैत ७ गतेदेखि हुने डीपिएलको लागि अन्नपुर्ण होटलमा सम्पन्न भएको अक्सनमा कूल १८७ खेलाडीमध्ये ७२ खेलाडी  बिकेका छन् ।सहभागी ६ टोलीले अक्सनबाट १२/१२ खेलाडी आफ्नो टिममा किनेका छन् । dpl criket player
यसअघि नै सबै टिमले १/१ रणनीतिक खेलाडी छनोट गरिसकेका छन् । अब आयोजकको नियमअनुसार प्रत्येक टिमले २/२ विदेशी खेलाडी राख्नुपर्नेछ ।

रणनीतिक खेलाडीको न्युनतम मूल्य यसअघि नै तोकिसकेको छ र उनीहरुले २–२ लाख पाउनेछन् ।   रणनीतिक ६ बाहेक २६ खेलाडी लाख वा त्यो भन्दा बढी रकममा बिकेका छन् ।

अक्सनका लागि खेलाडीको श्रेणी विभाजन गरेको छ । जसअनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तीमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै आएकाहरू थिए । अक्सनमा उनीहरूको भाउ न्यूनतम एक लाखदेखि अधिकतम १ लाख ५० हजारसम्म तोकिएको थियो ।

यसैगरी बी श्रेणीमा राष्ट्रिय खेलाडी तथा यु –१९ खेलाडी थिए । अक्सनमा उनीहरूको भाउ न्यूनतम ५० हजारदेखि अधिकतम एक लाखसम्म राखिएको थियो ।

यस्तै बाँकी सबै अनक्याप्ड खेलाडीलाई सी श्रेणीमा राखिएको  थियाे । उनीहरूको अक्सनमा न्यूनतम मुल्य २५ हजारदेखि अधिकतम ७५ हजारसम्म तोकिएको छ ।  यस्तै, ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना खेलाडीहरुलाई डी श्रेणीमा राखिएको थियो । उनीहरुको न्यूनतम मूल्य २० हजारबाट सुरु भई ४० हजारसम्म राखिएको थियो । अक्सनमार्फत एक टोलीले १२ जना खेलाडी ११ लाख भित्र किनीसक्नु थियो ।

प्रतियोगितामा सहभागी ६ टिम महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी र रूपेन्देही च्यालेन्जर्स छन् ।

सर्वार्धिक महंगा खेलाडि
धनगढी प्रिमियर लिग डीपीएल –२ मा भेट्रान बलर वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महंगा खेलाडी बनेका छन् । उनीहरुलाई सर्वाधिक महंगो १ लाख ५० हजारमा बिकेका छन् । यस्तै पृथु बास्कोटा र नरेश बुढाएर समान १ लाख २० हजारमा बिकेका छन् ।  वसन्त रेग्मी विराटनगर किंग्समा अनुबन्धित भएका छन् भने करण केसी र आरिफ शेखले महेन्द्रनगर युनाइटेडबाट खेल्नेछन् । भने अलराउण्डर सागर पुन रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् ।dpl aksaon 1

 छ रणनीतिक खेलाडि
रणनीतिक खेलाडीको रुपमा चयन भएका पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सोमपाल कामी, विनोद भण्डारी र दीपेन्द्र सिंह ऐरीको न्युनतम मूल्य २ लाख छ । सहभागी टिमले उनीहरुलाई यसभन्दा बढी रकम समेत दिन सक्नेछन् ।

कुन टिमले कति खर्चिए ?
विराटनगर किंग्सले कुल ९ लाख ९५ हजार खर्च गरेको छ भने महेन्द्रनगर युनाइटेडले ९ लाख १५ हजारमा टिम बनाएको छ । रुपन्देही च्यालेन्जर्सले ८ लाख ७० हजार खर्च गर्दा काठमाडौं गोल्डेन्सले ८ लाख ३५ हजार खर्च गरेको छ ।

यस्तै धनगढीको टिम चौराहाले ७ लाख ५५ हजार खर्च गरेको छ भने सीवाईसी अत्तरियाले सबैभन्दा कम ७ लाख ३० हजार खर्च गरेको छ ।

कुन टिमले कुन खेलाडि कतिमा किने ?

भेट्रान बलर वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महंगा खेलाडी बने  ।   पृथु बास्कोटा र नरेश बुढाएर समान १ लाख २० हजारमा बिकेका छन् ।  पृथु बास्कोटालाई विराटनगरले १ लाख २० हजारमा अनुबन्ध गरेको छ । यही रकममा नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले अनुबन्ध गरेको छ । १ लाख रकममा विराटनगरले पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलिप नाथ र अनिल कुमार शा गरी ५ जना खेलाडीलाई किनेका छन् ।  यही रकममा सिवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्की गरी दुई जनामा खर्च गरेको छ ।

अक्सनका लागि ‘समूह ए’ मा रहेका मञ्जित श्रेष्ठलाई विराटनगरले न्यूनतम रकम ७५ हजार खर्चिएको छ भने अभिनाश बोहरा र पुन विकलाई ५०–५० हजार लगानी गरेको छ । सुबोध ऐर र फिरदोष अन्सारीका लागि भने न्यूनतम २५ हजार रकममा अनुबन्ध गरेको छ ।
काठमाडौं गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र शहाव आलमलाई १–१ लाख लगानी गरेको छ । महेन्द्रनगरले रोहित कुमार पौडेल र भुवन कार्कीलाई १ लाख खर्चिएको छ । रुपन्देही च्यालेन्जर्सले सुशन भारी, विक्रम कुमार भुषाल र सिद्धान्त लोहनी किन्न जनही १–१ लाख खर्चिएको छ ।

टिम चौराहा धनगढीले भने योगेन्द्रसिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुनिल धमलालाई जनही एक लाखमा किनेको छ ।

१.टिम चौराह धनगढी

रणनीतिक खेलाडीः सोमपाल कामी

१. राजेश पुलामी मगर – ८०,०००
२. विजय राना – १०,०००
३. आशु कन्डोइ – ३०,०००
४. योगेन्द्र सिंह कार्की – १,००,०००
५. ललित भणडारी – १,००,०००
६. सोनु तामाङ – १,००,०००
७. शंकर राना – ५५,०००
८. रविन्द्र जंग शाही – ५५,०००
९. मोहम्मद सांसद शेख – ५०,०००
१०. सुनिल धमला – १,००,०००
११. महेश अधिकारी – २५,०००
१२. राजु रिजाल – ५०,०००

२.रुपन्देही च्यालेन्जर्स

रणनीतिक खेलाडीः शक्ति गौचन

१. जितेन्द्र मुखिया – ९०,०००
२. सागर पुन – १,५०,०००
३. प्रदिप ऐरी – ८०,०००
४. प्रकाश जैशी – १५,०००
५. कुशल मल्ल – ५५,०००
६. विपीन खत्री – ३०,०००
७. विक्रम भुषाल – १,००,०००
८. मोहम्मद सोनु अन्सारी – ५०,०००
९. सुसन भारी – १,००,०००
१०. सिद्धान्त लोहनी – १,००,०००
११. अमरसिंह राउटेला – ५०,०००
१२. दिपेन्द्र श्रेष्ठ – ५०,०००

३.महेन्द्रनगर युनाइटेड

रणनीतिक खेलाडीः विनोद भण्डारी

१. करण केसी – १,५०,०००
२. अभिनास कर्ण – ८०,०००
३. मोहम्मद आरिफ शेख – १,५०,०००
४. नारायण जोशी – २५,०००
५. प्रनित थापामगर – ६५,०००
६. हरिशंकर शाह – ९५,०००
७. अरुण ऐरी – ४५,०००
८. भुवन कार्की – १,००,०००
९. मोहम्मद आसिफ शेख – ५५,०००
१०. रोहित कुमार पौडेल – १,००,०००
११. रोविन क्षेत्री – २५,०००
१२. दिपेन्द्र चन्द – २५,०००

४.काठमाडौं गोल्डेन्स

रणनीतिक खेलाडीः ज्ञानेन्द्र मल्ल

१. नरेश बुढाऐर – १,२०,०००
२. विक्रम ठगुन्ना – २५,०००
३. ललित राजवंशी – १,००,०००
४. अमित श्रेष्ठ – १,००,०००
५. सन्तोष भट्ट – ९५,०००
६. किशोर महतो – १,००,०००
७. रसिद खान – ५५,०००
८. सन्जय श्रेष्ठ – ३०,०००
९. साहव आलम – १,००,०००
१०. पुष्प थापा – ५५,०००
११. भुपेन्द्र थापा – ३०,०००
१२. सन्जय बस्नेत – २५,०००

५.सिवाइसी अत्तरिया

रणनीतिक खेलाडीः दिपेन्द्र ऐरी

१. बसन्त रेग्मी – १,५०,०००
२. पृथु बास्कोटा – १,२०,०००
३. सुवोध ऐर – २५,०००
४. पवन सर्राफ – १,००,०००
५. राम नरेश गिरी – १,००,०००
६. सौरभ खनाल – १,००,०००
७. पुरन विके – ५०,०००
८. अभिनास बोहोरा – ५०,०००
९. दीलिपनाथ – १,००,०००
१०. अनिल कुमार शाह – १,००,०००
११. मञ्जित श्रेष्ठ – ७५,०००
१२. फिर्ताेस अन्सारी – २५,०००

६. विराटनगर किङ्स

रणनीतिक खेलाडीः पारस खड्का

१. सुवास खकुरेल – ८०,०००
२. सागर भण्डारी – २५,०००
३. प्रेम तामाङ – ५५,०००
४. सन्दिप जोरा – ९०,०००
५. कुशल भुर्तेल  – १,००,०००
६. कृष्ण कार्की – १,००,०००
७. कमल सिंह ऐरी – ५५,०००
८. विनोद लामा – ५५,०००
९. सुवर्णकार उरा – ८५,०००
१०. भुवन केसी – २५,०००
११. आकाश थापा – २५,०००
१२. रोमन बम – २५,०००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७